विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा गुम्यो एमालेको एकल बहुमत



बुटवल । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ-३ (ख)बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसँगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत गुमेको छ ।

माओवादी केन्द्रका सांसद सुदर्शन बरालले वलीले माओवादी केन्द्र रोजेपछि वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको बताए ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली नेपाल कम्युनिष्ट पार्टीबाट विजयी भएकी थिइन् ।

हेर्नुहोस् वलीको वक्तव्य :

प्रतिक्रिया दिनुहोस्