धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा



धनुषामा । जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ ।

जिल्लामा कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण बढ्दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्दै प्रशासनले वैशाख २१ गते विहान ६ः०० बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।

यस्तै प्रशासनले जनकपुरको प्रदेशिक अस्पताललाई थप स्रोतसाधनको थप व्‍यवस्था गरी कोभिड अस्पताललाई व्‍यवस्था मिलाउन भनेको छ । यस्तै जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवनलाई कोभिडको प्रकोप अवधिभर स्वामित्वमा लिइ सञ्‍चालन गर्न प्रदेश नं.२ को मुख्यमन्त्रीको कार्यालयलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्