निषेधाज्ञाको मौकामा रोड मार्किङ



काठमाडौं । सडक विभागले निषेधाज्ञाको मौका पारेर सडक संकेत चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले माकिंङ थालेको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेका हौं, उनले भने, कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।‘

गाडीको चाप घटेका बेला ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्