लुम्बिनीमा प्रदेशमा पोखरेललाई नै मुख्यमन्त्रीको सपथ खुवाउने तयारी



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् ।

प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ ।

प्रदेश सरकारक प्रवक्तासमेत रहेका एमाले नेता वैजनाथ चौधरीले दाबीका साथ भने, आजै सपथ ग्रहण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।

आफुविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनाम दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्