रुकुम पश्चिममा वैशाख १९ गतेदेखि निषेधाज्ञा



सुर्खेत । रुकुम पश्चिममा वैशाख १९ गते आइतबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १९ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

जिल्लामा संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सेवाहरु पूर्णरुपमा बनद गरिएको छ । जिल्लामा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिने प्रजिअ गैरेले बताए ।

यो अवधिमा खानेपानी, दूध, तरकार, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन लगायतका अतिआवश्यकीय सेवा मात्रै सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्