एम्बुलेन्सलाई एकीकृत रुपमा परिचालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर राख्दै एम्बुलेन्सलाई एकीकृत रुपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलार्ई अनुरोध गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले शुक्रबार एक परिपत्र जारी गर्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत रुपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन सबै जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेका हुन् ।

जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरू जिल्लाभित्र एकीकृत रूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नम्बर वा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालनमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरिदिन अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्