श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ



नवलपरासी । श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । प्रतापुर गाउँपालिका–४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ ।

घरायसी विषयमा विवाद हुँदा श्रीमानले सलन्तीलाई कुटपिट गरी घाइते बनाएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्