मन्त्री दीपक मनाङ्गेले लिए पद तथा गोपनीयताको सपथ



पोखरा । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्ति भएका दीपक मनाङ्गे (राजीव गुरुङ)ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्