अस्पतालबाट खिमविक्रमले भने : पार्टीको निर्णयप्रति प्रतिवद्ध छु



काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए ।

बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । त्यही कारण सभामुखले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

शुक्रबार अस्पतालबाट वक्तव्य जारी गर्दै राष्ट्रिय जनमोर्चाका सांसद शाहीले भनेका छन्, ‘म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु ।’

आफ्नो विषयमा भ्रमक प्रचार भएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्