बाबुराम भट्टराईले वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गर्ने, आजै भर्ना



काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुने भएका छन् ।

भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो ।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डले आजै भट्टराई अस्पताल भर्ना हुने र शल्यक्रिया शुक्रबार हुने बताए ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्