फेरि फैलियो सुरक्षा निकायमा कोरोना संक्रमण

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयका ४० जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रहरीका उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको स्रोतले बतायो । अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना फैलिएको थियो ।
हाल देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ ।