रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जलेर नष्ट



काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् ।

घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्‍याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा कुनै मानविय क्षति भएको छैन, १६ बाख्रा र ७ गाई चाहिँ जलेका छन् ।

आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । ‘यो दमकल आउन सक्ने ठाउँ होइन, मोटो र सेउलाले छोपेर धेरै हदसम्म आगो नियन्त्रणमा आइसकेको छ’ उनले भने ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका थिए । सुरुमा उनीहरु जंगलमा लागेको आगो निभाउँदा खटिएका कारण गाउँमा ठूलो क्षति भएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्