प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।

प्रतिक्रिया दिनुहोस्