पोखरामा आज हास्दै होटलबाट निस्केका जोडीले एउटै डोरीमा पासो लगाए पछि ! CCTV फुटेजमा यस्तो देखियो



काठमाडौं । पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जनाको मृत शरिर फेला परेको छ ।

पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा एक युवा र एक युवतीको मृत शरिर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।

उनिहरु बुलौदी नजिकैको जंगलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मात्र फेला परेका हुन् ।

पोखराको एक होटलमा आफ्नो नाम किरण भट्टराई र ठेगाना सुनसरी उल्लेख गरेका ति युवा सोमबार राति साढे नौ बजेतिर युवति संगै होटलबाट बाहिरिएका सिसि टिभी फुटेजमा देखिन्छ ।

उनि उक्त होटलमा विगत तिनदिन देखी बसिरहेका थिए । उनिसंगै रहेकि ति युवतिलाई भट्टराईले पारिवारिक सम्बन्धले चिनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्