कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी



धनगढी । कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्