तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई सरकारको निर्देशन



काठमाडौं । सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएकाले थप शुल्क नलिन आग्रह गरेको छ ।

सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्