पर्सामा बिहीबारदेखि निषेधाज्ञा

काठमाडौं । पर्सामा वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।