जसपा बैठक : कार्यकारिणी समितिको बैठक बोलाउन सहमति जुटेन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)पदाधिकारीहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा छलफल भएपनि सहमति जुटेन ।

स्रोतका अनुसार संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने बताएका थिए ।

तर अध्यक्ष महन्थ ठाकुर लगायतले त्यसमा सहमति नजनाएका जसपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्