जसपाका शीर्ष नेताहरुबीच अनौपचारिक छलफल



काठमाडौं । जनता समाजवादी पार्टी जसपा का शीर्ष नेताहरु छलफलमा बसेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान शीर्ष नेताहरुबीच छलफल भएको हो ।

त्यस्तो औपचारिक बैठक होइन । शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भएको हो, जसपाका एक नेताले भने । छलफल अनौपचारिक भएकाले कुनै निर्णय नभएको पनि ती नेताले बताए ।

उनका अनुसार, छलफलमा शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्