थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३४४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१२ हजार ४०० जनाको पीसीआर र ८९३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ ।
२४ घण्टामा थप ३७८ ले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।
२४ घण्टामा थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।