तस्करीका सामान खोज्दा पेस्तोल भेटियो



विराटनगर । तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गाली बरामद गरेको छ ।

विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

तस्करीको कपडा र हार्डवेयरका सामग्री लुकाएको आशंकामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ विराटनगर ७ धाडेवा रोडमा रहेको गोदाममा पुगेका थियो । गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

पेस्तोल भेटिएपछि गोदामका कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्