बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलहा- दुलहीसहित १२ घाइते



काठमाडौं । कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामम दुलहा, दलहीसहित १२ जना घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोरसिंह ऐरले बताए।

दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्