पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २९२ नमुनाको पिसिआर परीक्षण र ७८६ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ३२ जना र एन्टिजेन विधिबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ ।

गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्