उज्यालो नेटवर्कका कार्यकारी सम्पादक तामाङ पक्राउ



काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो । उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्