एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु



काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो ।

६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य भएको थियो । उक्त बैठकलाई नेता नेपाल समूहलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइएको थियो ।

तर, फेरि आकस्मिक बैठक बोलाइएको छ । ओलीले बोलाउने बैठकमा नेपाल समूह भने अनुपस्थित रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्