दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिनुमा कस्को दोष ? सरकार कि नेता !



राकेश कुमार शर्मा, पहिलो चरणको कोरोना भाइरस संक्रमणको अवस्थामा पनि शुरूवात देखि नै नाकाहरुमा मानिसहरूको कोरोना भएको नभएको परिक्षण, व्यवस्थित क्वारेन्टाइनको बन्दोबस्त लगायतका मापदण्डहरु नअपनाइएकोले भारतबाट आउने मानिसहरूलाई जथाभावी सीमा नाकाहरुबाट छिर्न दिएको लापरबाहीको कारण नेपालमा कोरोना भाइरस संक्रमण व्यापक रूपमा फैलिन गएको थियोे । पहिलो चरणको कोरोना संक्रमणको अवस्था थाहा हुँदा हुँदै पनि दोस्रो चरणको कोरोना भाइरस संक्रमणको अवस्थामा सरकार गैरजिम्मेवार बनेको किन ?

दोस्रो चरणको कोरोना भाइरस संक्रमणमा शुरुआत देखि नै सीमा नाकाहरुमा कोरोना भाइरस संक्रमण परिक्षण र व्यवस्थित क्वारेन्टाइन बन्दोबस्त लगायतका मापदण्डहरु तैयार नगरी जथाभावी भारतबाट नेपालमा प्रवेश गर्न दिनुमा राजनीतिक दलहरूका नेतृत्वहरु र सरकार जिम्मेवार छ ।

दोस्रो चरणको कोरोना भाइरस संक्रमणमा सरकार र राजनीतिक नेतृत्वहरु मिलेर सीमा नाकाहरुमा व्यवस्थित क्वारेन्टाइन खडा गर्नुपर्ने आवश्यक थियो । सीमा नाकाहरुमा कोरोना भाइरस संक्रमण परिक्षण गरी कोरोना भाइरस संक्रमण भएकोलाई क्वारेन्टाइनमा राख्ने र नभएकोलाई नेपाल प्रवेश गर्न दिने हो भने नेपालमा कोरोना भाइरस संक्रमण न्यून हुने थियो । तर सरकार र राजनीतिक नेतृत्वहरुको चरम लापरबाही रहेको छ ।

पहिलो चरणमा कोरोना भाइरस संक्रमणमा सरकार र राजनीतिक नेतृत्वहरु ब्रह्मलुट गरे । मुलुकमा बाढी आउनु, रोगको प्रकोप, महामारी आउनु र भुकम्प आउनु भनेको सरकार र नेताहरूलाई चाडपर्व र दशै हो । भुकम्पको समयमा पनि व्यापक ब्रह्मलुट भएको थियो । नेताहरूले मुलुकलाई खोक्रो पारी सके ।

प्रतिक्रिया दिनुहोस्