काँग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने भएको हो ।
सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । १४ औं महाधिवेशन तयारीका विषयमा बैठक केन्द्रीत हुने पौडेलले बताए ।
कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक पनि राखेको छ । उक्त बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो ।
समसामयिक राजनीतिक घटनाक्रम, जेठ ६ मा एक सिटका लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन लगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरण पनि चल्दैछ । अहिलेसम्म करिब ७ लाख कांग्रेसका क्रियाशील सदस्य भइसकेका छन् ।