एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ दल नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा निलम्बित नेता माधव नेपाल समूहका सांसदहरुको बुझाएको स्पष्टीकरणका विषयमा छलफल भइरहेको छ ।

पार्टी हित विपरित काम गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले माधव नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच सदस्यलाई स्पष्टीकरणका सोधेका थिए । नेपालसहित २७ जना सांसदले बिहीबार स्पष्टीकरण बुझाएका थिए ।

बैठकमा माधव नेपाल समूहका नेता भने उपस्थित छैनन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादललगायत ओली पक्षीय नेताको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्