अमर वान्तुको ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक



काठमाडौँ । गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ ।

दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको छ । सय भन्दा बढी गीत लेखि सकेका सर्जक अमर वान्तुका पछिल्लो समय निरन्तर म्युजिक भिडियोहरु सार्वजनिक भई रहेका छन् ।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका छन् । पल शाह, साहारा राई र सशी राई लोहोरुङ फिचर्ड छन् । सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन धुर्बराज पराजुली ुप्रज्वलितु ले गरेका हुन् । सार्वजनिक भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ ।

गीतको शब्दले मागे अनुसार नै गीतको लोकेसन धरानमा खिचिएको र गीतले मागे अनुसारको कन्सेप्टमा भिडियो निर्माण गरिएकोले भिडियो उत्कृस्ट बनेको निर्देशक जनकदिप पराजुलीले बताए ।

केहि बर्ष अघि म्युजिक भिडियोमा ख्याति कमाएका निर्देशक पराजुलीले पछिल्लो समय थोरै म्युजिक भिडियो गर्ने गरेका छन् । बिज्ञापन तथा अन्य बिदेशी प्रोजेक्टहरुमा ब्यस्त रहने निर्देशक पराजुलीको निर्देशनमा बनेको यो भिडियो उत्कृस्ट बनेको छ ।

निर्देशक समाजका महासचिव समेत रहेका पराजुलीले अभिनेता पल शाहलाइ अन्य भिडियोमा देखि रहेको भन्दा फरक रुपमा प्रस्तुत गरेका छन् । भिडियोको केहि दिन अघि सार्वजनिक टिजरलाई दर्शकले रुचाए त्यसले भिडियोलाई पनि दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम बिस्वस्त छ ।

यो भिडियो दर्शक श्रोताको प्रतिक्षामा रहेको थियो । यसै गीत छायाँकन गर्दा धरानमा निर्देशक समाजका सचिव समेत रहेका प्रदेश नम्बर १ चलचित्रकर्मी संघका अध्यक्ष अरुण प्रधान र पल शाह कन्ट्रोभर्सिमा समेत आएका थिए ।

प्रतिक्रिया दिनुहोस्