ओली पक्षको निष्कर्ष : स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’



काठमाडौं । माधवकुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा सफ्ट भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।

अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण दिएका छैनन् ।

अरुको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको एक नेताले बताए । यद्यपि एउटै प्रकृतिको आएकाले कतै बसेर निर्णय गरेर लेखेको जस्तो देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्