पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भव हुँदैन : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा अ‍ोलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालहरु एकताबद्ध पहल नगरेको बताए ।

‘मेरो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिदैन’, अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउन दिनरात लागेको पनि बताए । ‘हामी जिम्मेवार र अनुशासित भएकाले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ’, उनले भने । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको पनि ओलीले बताए ।

पार्टी विभाजित नभएको भएपनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको पनि ओलीले सम्झिए । आफूलाई साधरण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्