हिजो थोरै आशावादी थिएँ, आज वार्तामा कुनै प्रगति भएन : नेता नेपाल



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग दोस्रो दिन वार्ता गरेका एमाले नेता माधवकुमार नेपालले वार्तामा कुनै प्रगति नभएको बताएका छन् ।

बिहीबार दिउँसो वार्ता सकेर मेरियट होटलबाट बाहिरिएपछि कुरा गर्दै नेता नेपालले हिजोको आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको बताए ।

कुनै प्रगति भएन । हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ । म हिजो थोरै आशाबादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो, नेपालले भने ।

आजको वार्तामा पनि नेता नेपालले अध्यक्ष ओलीसँग उनले २०७७ फागुन २८ गते गरेका निर्णय फिर्ता गर्दै पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा लैजान पर्ने बताएका थिए ।

ओली भने उनको मागमा सहमत भएनन् । वार्ता सकेर प्रधानमन्त्री ओली होटलबाट बाहिरिएपछि उनका आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेता नेपालसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्