जिल्ला कमिटी बैठक नगर्न माधव नेपाल समूहलाई प्रहरीको दबाब



काठमाडौं । नेकपा एमालेको नुवाकोट जिल्ला कमिटी बैठक बसिरहँदा प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको छ ।

एमालेभित्रको विवादका कारण लगाइएको ताला फोडेर एमालेका नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले बैठक आयोजना गरेपछि प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको हो ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन् ।

६५ सदस्यीय जिल्ला कमिटीमा ४५ जना माधव नेपालको पक्षमा छन् । नुवाकोटमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओली समूहले समानान्तर कमिटी गठन गरेको छ ।

ओली पक्षले बद्री मैनालीलाई अध्यक्ष बनाएको छ । मैनाली २०७५ जेठ २ अघि जिल्ला कमिटीको उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्