माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि बस्ने छ ।

वैकल्पिक सरकार गठन, संगठनात्मक काम, पार्टीको विधान संशोधन, कोरोना संक्रमणलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

यसअघि मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको प्रयास सकारात्मक भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्