जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, २ जना घाइते

काठमाडौं । दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना बालकको मृत्यु भएको छ ।
उनका आमा-बुवा घाइते छन् । यो घटना मंगलबार बेलुकीको हो । दुर्घटनामा परेर ८ वर्षका बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ८ वर्षीय बालक स्पर्ष आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका आमा पार्वती आचार्य र ३९ वर्षका बाबु सुदीप आचार्य घाइते छन् ।
उनीहरूको तुलसीपुर अस्पतालमा उपचार जारी छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार मोटरसाइकलमा सवार रहेका ८ वर्षका बालकको मृत्यु भएको हो। उनको टाउकोमा गहिरो चोट लागेको थियो।
उपचारका क्रममा उनको राप्ती प्रादेशिक अस्पतालमा मंगलबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ ।