माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, भोलि पनि बैठक बस्ने



काठमाडौं । पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज को लागि सकिएको छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि दिउँसो १ बजे फेरि स्थायी कमिटी बैठक बस्नेछ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आज कुनै औपचारिक निर्णय भएको छैन ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन,’ उनले भने, ‘औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने छ।’ यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुने उनले बताए।

यो सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने पहल भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्