कोरोना नियन्त्रणका लागि सिडिओ कार्यालय काठमाडौंले जारी गरेको यस्तो छ १३ बुँदे सूचना



काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाप तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ ।

सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले १३ बुँदामा सूचना जारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो ।

सोही पत्र अनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ ।

प्रशासन कार्यालय तोकेको स्वास्त्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ

https://drive.google.com/file/d/1_o8gfAXM8o6bVuzwCMeB8MUm8tyinNwp/preview

प्रतिक्रिया दिनुहोस्