माधव नेपाल समूहको ९ वैशाखको कार्यक्रम स्थगित



काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ ।

कम्युनिष्ट पार्टी स्थापनाको दिन ९ वैशाखमा नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

बक्तव्य जारी गरी भट्टराईले कोरोना संक्रमण बढेको र सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुम भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्