बाँकेमा लकडाउन गर्न सिफारिस



बाँके । कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढेसागै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानगरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।

यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन-कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्