११ बर्षिया बाल गायिका सगुन आचार्यको ‘गल्ती के थियो खै”



काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिका को स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन ।

११ वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै” गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालीको अफिसियल युटुव मार्फत सार्वजकि भएको छ ।

सानो बालापनको मायालाई गीतमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ । दिपक गिरीको छायाँकन, निरञ्जन केसीको सम्पादन तथा निशान एस केको रहेको छ ।

”गल्ती के थियो खै” गीतको भिडियोमा अशोक पौडेल, सरला मरढा, अर्जुन पन्त र बाल अपर्ण परियार र खुशी उप्रेतीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्