नेपालले नेदरल्याण्डलाई दियो २०७ रनको विशाल लक्ष्य



काठमाडौं । नेपालले नेदरल्याण्डलाई २०७ रनको विशाल लक्ष्य दिएको छ । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत मंगलबार नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैं २०६ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । भुर्तेलले ६२ रन बनाउँदा ऐरीले ६० रन जोडे ।

टी-२० मा नेपालको यो दोस्रो ठूलो उच्च स्कोर हो । यसअघि सन् २०१९ मा भुटानविरुद्ध बनाएको २३६ रन नेपालको टी-२० को उच्च स्कोर हो ।

ओपनर कुशल भुर्तेलले ४६ बल खेल्दै ८ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ६२ रन बनाएका थिए । ४१ बलमा अर्धसतक बनाएका भुर्तेलले लगातार तीन अर्धशतक प्रहार गरे ।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३० बलमा ३ चौका र ५ छक्कासहित आक्रामक ६० रनको योगदान दिए । दीपेन्द्रले २८ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।

दोस्रो ओभरको अन्तिम बलमा आसिफ शेफ शून्यमा आउट भएपछि दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए । कप्तान मल्लले २० रन जोडे । ज्ञानेन्द्रले १४ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्