प्रमोद खरेलको “प्रेमको चिनो”

काठमाण्डौं । सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको “प्रेमको चिनो”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरिएको छ । डि आर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ । जिवनमा पाएको चोटहरुलाई गीतमा ब्यक्त गरिएको छ ।
दिपक गिरीको छायाँकन ,निरन्जन केसीको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । “प्रेमको चिनो” गीतको भिडियोमा समिर खान र उषा उप्रेतीको अभिनय रहेको छ ।