अब दैलेखलाई वाइसिएलमय बनाउँछु : सह-संयोजक सुनार



काठमाडौं । नेकपा एकिकृत माओवादीको युवा संघठन वाइसिएलका दैलेख जिल्ला सह संयोजक पदम सुनारले जिल्लालाई अबका दिनमा पुरै वाइसिएलमय बनाएर देखाउने बताएका छन् ।

केहि दिन अघि नेकपा पार्टी भित्र दरार उत्पन्न भई माओवादी र एमाले अलग अलग भएपछि माअ‍ोवादी केन्द्र परित्याग गरेका सुनार तुरुन्तै माओवादीमा नै फर्केका थिए । र त्यसपछि केहि दिन अघि वाइसिएल जिल्ला भेलाले गोपाल बिसी इन्चार्ज रहेको र संयोजनमा गणेश रोकाय र सह संयोजकमा पदम सुनारलाई चुनेको थियो ।

अहिले सह संयोजक सुनार पार्टीको हरेक क्रियाकलापमा कटिवद्ध भएर लागिरहेको र आफ्नो जिम्मेवारी पुरा गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्