दुबै हातखुट्टा गुमाएका सीपी बने फोटोग्राफर !



काठमाडौं । शारीरिक अशक्तताका कारणले नै अपांगता भएका व्यक्तिले फोटो खिच्न असम्भव झै हुन्छ । तर भारतका एक व्यक्तिले फोटो खिच्न असम्भव झै हुुन्छ । तर भारतका एक व्यक्तिले भने यसलाई सम्भव बनाएका छन् । भारतको केरलको मलाप्पुरम निवासी सीपी शिहाबुद्दीन नामक व्यक्तिले यो असम्भव कार्य गरेर देखाएका छन् । उनले फोटोग्राफिको शौख पुरा गर्दे मज्जाले क्यामेरामा तस्वीर कैद गर्छन ।

सीपी शिहाबुद्दीन एक रोगका कारण आफ्ना दुबै हातखुट्टा गुमाउन पुगे । टेट्रा अमेलिया सिंड्रोम नामक एक दुर्लभ बिमारीको शिकार उनले हातखुट्टा गुमाए पनि आफ्नो रहरको पेशा फोटोग्राफी त्यागेनन् ।

उनले आफ्नो हौसला रोकेनन् । र निरन्तर यसकालागी काम गरिरहे । जसका कारण धेरै मानिसमा उनीबाट प्रेरणा लिने गर्दछन् । उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

https://www.instagram.com/cp_shihab_/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस्