प्रधानमन्त्रीले पूजाआजा गरेर चितवन पठाइयो राम सीताका मूर्ति



काठमाडौं । चितवनमा लगेर राखिने राम, सिता लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रुपम पूजाआजा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानुपहिले पूजाआज गरेका हुन् ।

चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गत वर्षदेखि नै प्रधानमन्त्री ओलीको थियो ।

तयार पारिएका मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको हो । प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन् ।

अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ । प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउने गरेका छन् ।

ती मूर्ति चितवन पठाउन हस्तान्तरण गर्नुअघि आज बिहान बालुवाटारमा पूजाआजा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्