नेपालले कर्णालीमा अक्षम्य अपराध गरे : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा एमाले आयोजक कमिटीको बैठक जारी छ ।

बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्त गोयलसँग हुँदै नभएको कुरालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ हल्ला गरेको बताएको बैठकमा सहभागी एक सदस्यले बताए ।

उक्त कुरा सञ्चार माध्यममा आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय र ‘रअ’ प्रमुख सामन्त गोयलबीच भएको भनिएको चार बुँदे सहमतिको कागजात फेक भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको थियो ।

यसैगरी ओलीले माधव कुमार नेपालले कर्णालीमा अक्षम्य अपराध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्