७ जना नक्कली डाक्टर पक्राउ

काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको र केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने ब्यूरोकी प्रवक्ता एसपी गंगा पन्तले बताइन् ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सर्टिफिकेट बनाएको भन्दै अनुसन्धान थालेको थियो ।