लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले फिर्ता लियो समर्थन, दुई मन्त्रीले दिए राजीनामा



काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा माअ‍ोवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन् । उनीहरुले सोमबार मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दिएका हुन् । दुबै मन्त्रीले संयुक्त रुपमा राजीनामा पत्र बुझाएका छन् ।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्