एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न २२ राजनीतिक संगठनले एमसीसीसम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्