लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवदी केन्द्र, जनता समाजवादी पार्टी(जसपा)का प्रदेशसभा सदस्यहरु अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रतावमा नयाँ मुख्यमन्त्रीमा माअ‍ोवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्